गाउँमा विद्युतीय मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

२०८१ पुष १८ गते विहिबार
सारांश
  • परापूर्व कालदेखि गाँउबाट दुईतीन घण्टा टाढा रहेको छायाल गाँउमा र चिमाथका रहेको पानीघट्टमा गहुँ, जौं कोदो, मार्सेलगायतका अन्नबाली पिसानी गदै आएका थिए ।

मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्ख गाँउपालिका–८ माग्री गाँउमा कुटानी–पिसानी विद्युतीय मिल स्थापना भएपछि स्थानीयबासीलाई सहज भएको छ । 


परापूर्व कालदेखि गाँउबाट दुईतीन घण्टा टाढा रहेको छायाल गाँउमा र चिमाथका रहेको पानीघट्टमा गहुँ, जौं कोदो, मार्सेलगायतका अन्नबाली पिसानी गदै आएका थिए । त्यस्तै कुटानीका लागि गाँउमा रहेका ओखलको प्रयोग गरेर जीवन निर्वाह गर्दै आइरहेका थिए । तर हिजोआज अनुदानमा विद्युतीय मिल गाँउमा सन्चालनमा ल्याएदेखि उनीहरु खुशी भएका हुन् । 


हिउँद–बर्खा लामो र जोखिमयुक्त बाटो प्रयोग गरेर वा ज्यान जोखिममा राखेर पिसानीका जानुपर्ने बाध्यता हटेकोमुगमकामारोङ्ख गाँपालिका–८ माग्री गाँउकी छिरिङ्खछोमू लामाले बताइन् । 


पालिकामा रहेका १२ जनजाति बस्ती तीनवटा हिन्दु धर्मावलम्बी बस्तीका सबै नागरिकहरु  आकासे पानीको भरमा खेती गर्नुपर्ने र भात भन्दा रोटी, ढिडो, थुप्का जस्ता खानेकुरा बढी प्रयोग गर्नुपर्ने भएकाले पानीघट्ट, ओखल र जाँतोमा निर्भर छन् । तर हिजोआज करानी सामुदायक बिकास केन्द्रको सहयोगमा गाँउमै विद्युतीय मिल संचालनमा गाउँलेलाई सहज भएको माग्रीगाँउका ठिल्य लामाले बताइन् ।


करानी सामूदायिकबिकास केन्द्र, मुगु एकिकृत परियोना (एमआइपी)को आर्थिक तथा प्राविधिक सहयोगमा एक लाख ४० हजार रुपैंयाँमा कुटानी पिसानी विद्युतीय मिल सन्चालनमा आएको हो  । यसबाट पाँच समूहका एकसय ८ सदस्य र माग्री गाँउका १ सय ७१ घर परिवारले यो यस्ता मिलबाट सेवा लिएको करानी सामूदायिक सस्थाका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए । 


कार्यक्रम संयोजक बुढाका अनुसार मुगमकामारोङ्ख गाँउपालिका १ देखि ९ वडाका बस्तीमा विद्यालय शिक्षा क्षेत्रको बिकास गर्नका लागि कार्पेट, कुशन, बुक कनर, सुज र्याक, खानेपानी, शौचालय, घेरावार, शिक्षकहरुलाई क्षमता बिकास सम्बन्धि तालिम, गाँउ घरमा स्थानीयबासीका लागि आय आर्जनका तालीम र जनचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको समेत बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार